काठमाडौं— संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको १० औँ सभामुखमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएसँगै अब उपसभामुख कुन दलको को बन्छन् भन्नेमा राजनीतिक चासो चुलिएको छ । प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सोही प्रावधान अनुसार डोलप्रसाद अर्याललाई सभामुख निर्वाचित गराएको रास्वपाले अब प्रतिपक्षी दलहरूमध्येबाट एक जना महिलालाई उपसभामुख चयन गर्न सघाउनुपर्ने छ । नेपालको संविधानको धारा ९१ को उपधारा २ मा सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको प्रतिनिधित्व हुनुपर्ने स्पष्ट उल्लेख छ । सोही संवैधानिक बाध्यताका कारण अब रास्वपाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीमध्ये कुनै एक दलका महिला उम्मेदवारलाई समर्थन गर्नुपर्ने हुन्छ । सभामुख चयनमा उम्मेदवारी नदिएर रास्वपालाई निर्विरोध सघाएका प्रतिपक्षी दलहरू अहिले रास्वपासँग लबिङ गर्दै उपसभामुख पद हत्याउने रणनीतिमा देखिन्छन् ।
देश



प्रतिक्रिया