देश

ओली–आरजुको सम्पत्ति खोज्ने मिसनमा सरकार, ठूला माछा भट्टाभट थुनिँदै, बालेनका मन्त्रीको सम्पत्ति खोई ? (भिडियोसहित)


काठमाडौं— अहिले सरकारले पूर्वोत्तर सरकारमा रहेका नेता, कर्मचारी र व्यापारीहरुको सम्पत्ति छानबिनमा तीव्रता दिएको छ । पूर्वमन्त्री दीपक खड्का यही आरोपको अनुसन्धानका लागि प्रहरीको हिरासतमा छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओलीको सम्पत्तिमा छानबिन भइरहेको छ । माधव नेपाल पनि यो सूचीमा छन् । विचौलिया दीपक भट्ट, जसलाई अहिलेसम्मका सरकारले छानबिन वा पक्राउ गर्ने होइन सरकारलाई नै उनले आफूअनुसार चलाउँथे उनी पपनि अहिले कानूनी कठघरामा आएका छन् । उनकै इन्पिनिटी होल्डिंग्ससँग शंकास्पद कारोबार देखिएपछि शंकर ग्रूपका अध्यक्ष शंकर अग्रवालसम्म पनि पक्राउ परेका छन् । बुवा पक्राउ परेकै भोलिपल्ट उनका छोरा सुलभ अग्रवालसम्म पनि समातिएका छन् । उनको नेक्सस पनि दीपक भट्टसँगै देखिएको छ । अर्थात, बिगतमा राज्यसत्ताको चरम दुरुपयोग गरी अकुत सम्पत्ति कमाएका सबै सरकारको रडारमा परेका छन् ।