देश

सुधनको कमाण्डमा प्रहरीको रफ्तार, नेतादेखि विचौलियासम्मको भागाभाग, ३०० बढी खोरमा (भिडियोसहित)


काठमाडौं— जेनजी आन्दोलनसँगै खस्किएको प्रहरीको मनोवल उच्च हुँदा विधि पालनामा सक्रियता बढेको छ । अहिले हाइप्रोफाइलहरुको पक्राउदेखि कानून पालनामा प्रहरी सmित्रय बनेको छ । खासगरी अन्तरिम सरकारका समयमा सुस्ताएको वेग बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै बढेको छ । खासगरी अहिले प्रहरी र सीआईबीसँगै ट्राफिक प्रहरी पनि निकै नै सक्रिय बनेको छ । केही दिन त गृहमन्त्री सुधन गुरुङ रातभर नै सुरक्षा निकायका प्रमुखहरुसँग रातभर बसे । भदौ २३ र २४ गतेको घटनामा भएका कमजोरीका कारण मात्र दण्डित नगर्ने बरु भत्ता बढाउनेदेखि पोशाक फेर्नेसम्मका आश्जवासन दिए । जसले संगठनमा उर्जा भर्न सफल भएको देखिन्छ । सरकार बनेको एक साताको यो अवधिमा
१० हाई प्रोफाईल नेता, कर्मचारीर व्यापारीसहित करिव ३ सय जनालाई पक्राउ गररेको छ । सरकार बनेकै भोलिपल्ट जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूवैप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परे । सोही दिन प्रहरीले बलात्कार सम्बन्धी कसुरमा एमाले नेता कर्णबहादुर मल्ललाई समेत पक्राउ ग¥यो । पीडित महिला महिनौँदेखि माइतीघरमा अनन बस्दा समेत नपाएको न्याय सरकारले दिलायो ।