काठमाडौं— अहिले बालेन सरकारको रफ्तार तीव्र छ । प्रधानमन्त्री बालेन शाहको निर्देशन र पार्टीको घोषणापत्र अनुसार मन्त्रीहरूले काम गरिरहेका छन् । यद्यपि, केही मन्त्रीहरू अझै गुमनाम जस्तै देखिन्छन् । सरकारका कामहरूमा यतिबेला सबैभन्दा बढी चर्चा प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङको छ । सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै ‘जेनजी’ आन्दोलनको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय ग¥यो । त्यसलगत्तै आन्तरिक गृहकार्यमा लागेका गृहमन्त्री सुधन गुरुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरीलाई लिखित आदेश दिए । सरकार बनेको २४ घण्टा नबित्दै प्रहरीले उनीहरूलाई पक्राउ ग¥यो । त्यसपछि पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का र एमाले लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मा पक्राउ परे । त्यसपछि गृहमन्त्री गुरुङको चर्चा एकाएक चुलिएको छ । अहिले उनले सामाजिक सञ्जालमा ‘गुड मर्निङ’ लेख्दा मात्रै पनि राजनीतिक दलका नेताहरूको मुटु काप्न थालेको छ भने सर्वसाधारणमा ‘अब को पक्राउ पर्दैछ’ भन्ने उत्सुकता जाग्ने गरेको छ । गृहमन्त्रीले प्रहरीको मनोबल बढाउन प्रहरी प्रधान कार्यालयदेखि उपत्यका प्रहरी कार्यालयसम्मको निरीक्षण र निर्देशनलाई तीव्रता दिएका छन् ।
देश



प्रतिक्रिया