देश

एमालेको कमान्डमा बादल, बढ्यो चर्को असन्तुष्टि, सुहाङलाई विद्या पक्षले बोक्यो, युवाले शंकरलाई लपेटे (भिडियोसहित)


काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति देखिएको जनलहरको एउटा प्रमुख कारण थियो– युवा नेतृत्व । विगत लामो समयदेखि पाका नेताहरूलाई मात्रै प्रधानमन्त्री र पार्टीको मुख्य नेतृत्वमा देख्दै आएका मतदातासामु रास्वपाले ३६ वर्षीय बालेन्द्र शाह ‘बालेन’ लाई प्रधानमन्त्रीको रूपमा अघि सारेपछि माहोल फेरियो । आफ्नो निर्वाचन क्षेत्रको उम्मेदवारबारे पर्याप्त जानकारी नभए तापनि ‘घण्टी’ चिह्नमा भोटको वर्षा भयो । परिणामतः रास्वपाले बहुमत मात्र होइन, दुई–तिहाइको निकट पुग्न सफल भयो ।
त्यसको ठीक विपरीत, नेकपा एमालेको नेतृत्वमा उही पुराना अनुहारहरूको हालीमुहाली कायम रहँदा पार्टी देशभरबाट ‘पत्तासाफ’ हुने अवस्थामा पुग्यो ।