देश

आक्रामक बालेन सरकार, नेता जेल पुग्दै, कर्मचारीकै सातो खाए, फास्ट ट्रयाकमा काम, जनता खुसी (भिडियोसहित)


काठमाडौं— सरकार बनेको एक साता पुग्न नपाउँदै सामान्य जस्ता लाग्ने तर केही सुधारका कामहरु देखिन थालेका छन् । सुशासनको मामिलामा सरकारले सुरु गरेको पक्राउको श्रृंखला त छँदैछन् । त्यसबाहेक यस्ता सामान्य काम धमाधम भइरहेका छन् जसले आम जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । अघिल्ला सरकार र मन्त्रीहरुको समयमा अहिले सिंहदरबारमा तडकभडक हुन्थ्यो । त्यो कुनै कामको नभई कार्यकर्ताको, बधाई र खादा माला लगाउनेहरुले सिंहदरबार गुलजार बन्थ्यो तर, अहिले यस्ता गतिविधिमा सिंहदरबार सक्रिय छैन । यसैले पनि सरकारको ध्यान कतातर्फ छ भन्ने स्पष्ट पार्छ । सरकारले संरचनागत सुधारका लागि ल्याएका १०० कार्यसूची र रास्वपाको वाचापत्रका आधारमा केही सुधारका कामहरु सुरु गरिसकेको छ । गर्न सकिने काममा तत्कलै एक्सन लिइँदैछ ।