काठमाडौं— बालेन सरकारका पछिल्ला गतिविधिले अदालतलाई राजनीतिक केन्द्र बनाएको छ । बालेन सरकार गठन भएको केही समयमै आक्रामक रूपमा प्रस्तुत भयो । सरकार बनेको २४ घण्टा नबित्दै गृहमन्त्री सुधन गुरुङको सक्रियतामा ‘हाई प्रोफाइल’ व्यक्तित्वहरू पक्राउ परे । चैत १३ गते बनेको सरकारले १४ गते झिसमिसेमै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई पक्राउ ग¥यो । स्वास्थ्य परीक्षणपछि ओली शिक्षण अस्पतालमा भर्ना भए भने लेखकलाई प्रहरीको २ नम्बर गणमा राखिएको छ ।
ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरिन् । तर, अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश मात्र जारी गरेको छ । ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री लेखकको हकमा श्रीमती यशोदा लेखकले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेकी थिइन् । त्यसमा पनि अदालतले कारण पेस गर्न आदेश दिएको छ ।
देश



प्रतिक्रिया