काठमाडौं— लामो समय सरकारमा रहेको नेकपा एमालेले पार्टीको नेतृत्व नै पक्राउ पर्लान् र आफूहरू सडकमा आउनुपर्ला भन्ने सायद सोचेको पनि थिएन होला । तर, उसको अनुमानभन्दा ठीक विपरीत भइरहेको छ । एकातिर गत भदौको ‘जेनजी’ आन्दोलन पछिको प्रतिनिधिसभा निर्वाचनमा तेस्रो दलमा खुम्चिनु, अर्कातिर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको क्रममा आफ्नै शीर्ष नेतृत्व पक्राउ पर्नु—२०८२ साल एमालेका लागि ‘दशा’ बनेर आयो । गत शनिबार पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेले निरन्तर सडक तताइरहेको छ । पक्राउ परेको चार दिन बितिसक्दा पनि यसलाई ‘प्रतिशोध’ भन्दै पार्टीका नेता तथा कार्यकर्ता देशभरका प्रमुख सहरमा सरकारविरुद्ध चर्को नाराबाजीमा उत्रिएका छन् ।
देश



प्रतिक्रिया