काठमाडौं— बालेन शाह नेतृत्वको सरकार कार्यभार सम्हालेको पहिलो दिनदेखि नै एक्सनमा उत्रिएको छ । सरकारका कामकारबाहीमा ढिलासुस्ती नगर्ने सन्देश दिँदै बालेन नेतृत्वको टिमले सुरुदेखि नै नीतिगत र प्रशासनिक निर्णयहरूलाई गति दिइरहेको छ । बालेनको कोर टिमले रात लम्ब्याएर नभई परिणाम दिएर देखाउने रणनीति अपनाएको छ । यो टिमले अहिले दिन–रात नभनी सरकारका कामलाई निरन्तरता दिइरहेको छ । सरकारको क्याबिनेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेलदेखि बालेनको सचिवालय सम्हालेका कुमार बेन र असीम शाह सरकारका मुख्य सारथि हुन् । क्याबिनेटमा रहेका अर्थमन्त्री वाग्ले रास्वपाका उपसभापति समेत हुन् । वैकल्पिक शक्तिका रूपमा रास्वपालाई स्थापित गर्ने र बालेन सरकारलाई सफल बनाउने रणनीतिमा उनी देखिन्छन् ।
देश


प्रतिक्रिया