देश

ओली–लेखक पक्राउको टाइमलाइन ः दिनभरका हाइलाइट्स, कसको प्रतिक्रिया कस्तो, अब के हुन्छ ? (भिडियोसहित)


काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई नै पक्राउ गर्ने जोखिम पहिलो दिनमै सरकारले लियो । जेनजी आन्दोलनबारेको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने दबाब रहे पनि यति चाँडै सरकार एक्सनमा उत्रिन्छ भन्ने सरकार र प्रहरी बाहेक धेरैले अनुमान पनि गरेका थिएनन् । तर, देश विदेशमै ओली र लेखक पक्राउ परेको समाचार झिसमिसेमै फैलिए । यसका लागि गृहमन्त्री सुधन गुरुङले रातभर नै संघर्ष गरेका थिए ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिए लगत्तै गुरुङ शुक्रबार साँझ नै ओली र लेखकलाई पक्राउ गर्न चाहन्थे । तर, प्रकृया सहज थिएन । सबै मन् त्रीले कार्यभार सम्हाले लगत्तै मन्त्रीपरिषद्को बैठक बस्यो ।