अन्तर्राष्ट्रिय

IRAN-USA WAR : युद्ध रोक्न ट्रम्पको हारगुहार, टर्की र पाकिस्तान इरान फकाउँदै (भिडियोसहित)


काठमाडौं— एक महिनामा प्रवेश गर्न लागेको मध्यपूर्वको युद्ध भयावह बन्दै गएको छ । अमेरिका र इरानबिचको सैन्य मुठभेडले सयौँको ज्यान लिएको छ भने ठुलो मात्रामा भौतिक क्षति पुगेको छ । यो युद्धको असर क्षेत्रीय हुँदै विश्व तेल बजारमा प्रस्ट देखिएको छ । खाडी मुलुकहरूले निहत्था अवस्थामा जनधनको क्षति व्यहोर्नु परे पनि जवाफी कारबाहीको शृङ्खला रोकिएको छैन । महिनौँ लामो युद्धले भयानक मोड लिँदा विश्वको ध्यान भने युद्धविराम होस् भन्नेतर्फ केन्द्रित छ । यसैबीच अमेरिका युद्धविरामतिर उन्मुख भएको सङ्केत देखिएको छ । युद्धविरामका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानसामु १५ बुँदे युद्धविराम योजना प्रस्ताव गरेको छ । उनले वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिका अहिले इरानसँग ‘वार्तामा रहेको’ उल्लेख गरेका छन् । इरानले हालै चालेको कदमलाई सकारात्मक सङ्केतका रूपमा व्याख्या गर्दै ट्रम्पले भनेका छन्, ‘उनीहरूले आफूलाई ठुलो मूल्यको उपहार दिएका छन् ।’