काठमाडौं— प्रतिनिधि सभाको निर्वाचनमा केही उम्मेदवारहरू मतदाता नामावली रहेको ठाउँमा मतदान गरेर उम्मेदवारी दिएको निर्वाचन क्षेत्र पुगेका छन ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेर रुकुम पूर्व पुगिसकेका छन्। उनी हेलिकप्टरमार्फत आफू उम्मेदवार रहेको क्षेत्र पुगेका हुन्।
नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौँ ४ को मैतिदेवी मतदान केन्द्रमा मतदान गरेर सर्लाही—४ पुगेका छन्। उनी थापा हेलिकप्टरबाट सर्लाही ४ पुगेका हुन्। यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर केन्द्रमा मतदान गरेर स्थलमार्ग हुँदै चितवन पुगेका छन्। उनी क्षेत्र चितवन–२ का उम्मेदवार हुन्।
रास्वपाकै वरिष्ठ नेता बालेन्द्र शाहले सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मत खसालेर हेलिकप्टरमार्फत झापा प्रस्थान गरेका थिए तर, खराब मौसमका कारण बालेन चढेको हेलिकप्टर झापामा अवतरण गर्न नसकेपछि काठमाडौँमै फर्किएका छन् ।


प्रतिक्रिया