काठमाडौं— रङहरूको पर्व होली तराईका जिल्लाहरूमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमाको दिन मनाइएको होली तराईका जिल्लामा भोलिपल्ट मनाउने परम्पराअनुसार आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।
सबै प्रकारका भेद्भावलाई हटाउदै परस्परमा रङ दल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ । अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहारलगायत गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने प्रशासनले जनाएको छ ।
अपरिचित मानिससँग होली नखेल्न, आत्मीय र आफन्तसँग मात्र होल खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, मादक पदार्थ एवं लागुपदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरिएको छ । होली मनाउन तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ ।


प्रतिक्रिया