काठमाडौं— निर्वाचनको माहोलसंगै मतदातासम्म प्रभावकारी र छिटो रुपमा सन्देश पुर्याउने आवश्यकता झन बढ्दै गएको सन्दर्भमा नेपालमै परिचित डिजिटल संचार समाधान प्रदायक आकाश एसएमएस (Aakash SMS)ले आफ्नो बल्क एसएमएस र भ्वाइस ब्रोडकास्टिङ सेवा मार्फत चुनावी संचारलाई थप सहज र व्यवस्थित बनाएको जनाएको छ । यस सेवा मार्फत अब राजनीतिक दल, उम्मेदवार तथा अभियान व्यवस्थापन टोलीहरुले एकैपटक हजारौं मतदातासम्म आफ्नो एजेण्डा, प्रतिबद्धता, सुचना तथा सन्देश प्रभावकारी रुपमा पुर्याउन सक्ने भएका छन् ।
परम्परागत रुपमा घरदैलो, व्यक्तिगत सम्पर्क वा म्यानुअल फोन कलमा निर्भर रहनुपर्ने अवस्थालाई डिजिटल प्रविधिले प्रतिस्थापन गर्दै आएको छ र यहि परिवर्तनलाई सम्बोधन गर्दै आकाश एसएमएसको बल्क मेसेजिगं प्रणालीले केहि सेकेण्डमै ठुलो समुहसम्म संदेश पु्र्याउने सुविधा प्रदान गरेको छ ।
भोईस ब्रोडकास्टिङ प्रणालीमार्फत उम्मेदवार वा अभियान टोलीले आफ्नै आवाज वा प्राकृतिक सुनिने एआई—आधारित भोईस प्रयोग गरेर हजारौं मतदाता समक्ष बल्क भोईस पठाउन सक्ने छन् । यसरी पठाउँदा सन्देश अझ विश्वसनीय र प्रभावकारी बन्ने कम्पनीले जनाएको छ ।
यो प्रणाली छिटो र प्रभावकारी मात्र नभइ प्रयोग गर्न एकदमै सरल रहेको छ । प्रयोगकर्ताले लग ईन गरिसकेपछि कम्पोज एसएमएस गरेर आफुसंग भएको कन्ट्याक्ट लिस्ट र आफ्नो संदेश राखेर सेन्ड एसएमएस गरिसकेपछि सम्पुर्ण सम्पर्क नम्बरमा एकै पटक संदेश पठाउँछ ।
डिजिटल प्रविधिमार्फत एकैपटक हजारौं मतदातासम्म सन्देश पुर्याउने सरल,छिटो र व्ववस्थित माध्यमको रुपमा आकाश एसएमएसको भोईस र एसएमएस ब्रोडकास्टिङ सेवा निर्वाचन अवधिमा झन् महत्वपुर्ण समाधानका रुपमा अगाडि आएको कम्पनीका भाईस प्रेसिडेन्ट राजन कोईरालाले जनाएका छन् ।



प्रतिक्रिया