देश

हरुवाको ट्याग लागेका यी सात, नारायणकाजी, रञ्जु र राजनसम्म, तेस्रोपटक हार कि जितको मौका ? (भिडियोसहित)


काठमाडौं— अघिल्ला निर्वाचनमा लज्जास्पद हार व्यहोरेका नेताहरु पनि फागुन २१ को निर्वाचनमा उम्मेदवार बनेका छन् । विगतका निर्वाचनमा मतदाताको मन जित्न नसकेका धेरै नेता चुनावको समयमा मात्र आफ्नो क्षेत्र र मतदातालाई सम्झिन्छन् । विकासको वाचा कागजमै सीमित रहन्छन् । स्थानीय समस्या—रोजगारी, शिक्षा, स्वास्थ्य, सडक—लगायतका विषयमा नागरिकलाई साथ दिन उनीहरुको निरन्तर उपस्थिति नै विश्वासको आधार हो । तर, पाँच वर्ष मौन बस्ने र चुनावको बेला सक्रिय हुने उम्मेदवारले अब मतदाताको मन जित्न सक्छन् वा सक्दैनन्, फागुन २१ मा अग्निपरीक्षा हुनेछ । विगतका चुनावमा कहिल्यै जनताबाट अनुमोदन नभएका ती उम्मेदवारहरू को–को हुन् ?