देश

गगनका गम्भीर बाचा, १० बुँदामा हेरौँ, भ्रष्टाचार र दलीयकरण अन्त्य, सपना होइन समस्या देखाए, विस्तृतमा हेरौँ (भिडियोसहित)


काठमाडौं— व्यक्तिको भरमा जनतासँग मत मागिरहेका दलहरुले घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । यही बीचमा जेनजी आन्दोलनपछि सबैभन्दा सुधारिएको र आफूलाई कांग्रेस २.० को रुपमा सुधारिएको दाबी गर्दै आएको कांग्रेसले पनि यसपटक घोषणापत्र नभई प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । अघिल्ला निर्वाचनहरुमा काठमाडौंबाट सार्वजनिक हुने यस्ता वाचा यसपटक भने सर्वाधिक राजनीतिक चुनावी सरगर्मी देखिएको मधेशबाट सार्वजनिक गरिएको छ । कांग्रेसले चार पेजमा १० बुँदामा प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । जहाँ धेरै महत्वाकांक्षीभन्दा सामान्य सपनाका विषय समेटिएका छन् । यसलाई कांग्रेसले ‘भिजन–टेन’ भनेको छ ।
कांग्रेसले पहिलो बुँदामै बडेमानका महत्वाकांक्षी योजनाभन्दा सम्मानित जीवन जिउन पाउने विषयलाई महत्व दिएको छ । कानुनको परिधिभित्र रहेर इच्छाअनुसारको काम, पेसा, व्यवसाय गर्न र स्वतन्त्रापूर्वक जीवनयापन गर्न पाउने, कुनै पनि विभेद मुक्त बनाई आत्मसम्मानका साथ बाँच्न पाउने सहिष्णु समाज बनाउने भनिएको छ ।