काठमाडौ— चुनावी प्रचारसँगै जित हारको निर्णायक समय सुरु हुँदा दलहरुका नेता तानातान सुरु भएको छ । कोही उम्मेदवारी नै फिर्ता लिएर पार्टी छोडिरहेका छन् । कोही वर्षौँदेखि काम गरिरहेको पार्टी छोडिरहेका छन् । कसैले नयाँ भन्दै नेता तानिरहेका छन् । कसैले फेरियौँ भन्दै नेता तानिरहेका छन् । जेहोस् नयाँ पुराना सबै पार्टीले अरु दलका कार्यकर्ता तान्न अनेक कसरत सुरु गरेका छन् । पटक पटक लाभको पद पाइसकेका पूर्वमन्त्री जितेन्द्रनारायण देव फेरि कांग्रेस फर्किएका छन् । उनी कांग्रेसकै नेता हुन् । २०७४ सालमा राष्ट्रिय सभाको सांसद बनेका उनी कार्यकाल सकिए लगत्तै गतवर्ष एमालेमा प्रवेश गरेका थिए । तर, अहिले विशेष महाधिवेशनमार्फत फेरिएकाले कांग्रेसमा फर्किएको दाबी उनले गरेका छन् । समय अनुसार रङ फेरिरहने देवले अहिलेसम्म कांग्रेससहित नेकपा मानन्धर, नेकपा एमाले, नेकपा माले, मधेशी जनअधिकार फोरम र लोकतान्त्रिक फोरममा प्रवेश गरिसकेका छन् । उनले एमाले पार्टी मात्र चारपटक छोडिसकेका छन् ।
देश


प्रतिक्रिया