अन्तर्राष्ट्रिय

जापानको निर्वाचनमा तहल्का, ताकाइचीको ऐतिहासिक जित, ३१६ सिटको भारी बहुमत, आबेको नीति बोक्ने (भिडियोसहित)


काठमाडौँ । जापानकी महिला प्रधानमन्त्री सानए ताकाइचीको नेतृत्वमा रहेको सत्ताधारी दल ‘लिबरल डेमोक्रेटिक पार्टी’ (एलडीपी) ले मध्यावधि निर्वाचनमा दुई तिहाइ बहुमतसहित सानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न निर्वाचनमा ताकाइची नेतृत्वको एलडीपीले संसद्को शक्तिशाली तल्लो सदनमा सर्वाधिक सिट जितेको हो । तल्लो सदनका ४६५ सिटमध्ये एलडीपी एक्लैले ३१६ सिट जित्न सफल भयो । प्रधानमन्त्री ताकाइचीको यो ऐतिहासिक जितपछि सोमबार जापानी शेयर बजारमा ठुलो उछाल समेत देखिएको छ ।