काठमाडौं— ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा एकाएक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका महावीर पुन अहिले चुनावी मैदानमा छन् । जसरी सरकारमा आए, त्यसैगरी अचानक राजीनामा ठोकेर म्याग्दी पुगेका पुनले स्वतन्त्र उम्मेदवारी दिए । मनोनयनको अघिल्लो दिनसम्म चुनाव नलड्ने बताएका उनले एकाएक गृहजिल्ला म्याग्दी पुगेर सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराए । पुराना दलहरूको प्रवृत्तिबाट विरक्त भइसकेका उनले नयाँ दलहरू एकै ठाउँमा आउनुपर्ने चाहेका थिए, तर त्यस्तो हुन नसक्दा ‘त्रिभुज’ चुनाव चिह्न लिएर उनी आफैँ मैदानमा उत्रिए ।
समाचार


प्रतिक्रिया