समाचार

ग्यासको हाहाकारले उपभोक्ता त्रसित, रित्तो सिलिन्डर बोकेर भौतारिँदै, सरकार बेखबर, निगमको यस्तो जवाफ (भिडियोसहित)


काठमाडौं— पछिल्लो दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव अझै हट्न सकेको छैन । बजारमा खासगरी नेपाल ग्यासको चरम अभाव देखिँदा उपभोक्ता मारमा परेका छन् । उपत्यकाभर नेपाल ग्यासको बजारमा वर्चश्व धेरै छ । भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ । नेपाल ग्यासका बिक्री केन्द्रहरुमा दुई सातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन् । कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो नयाँ बसपार्कबाट खाली सिलिण्डर बोकेर गएका नमराज घिमिरेले गरे । बजारमा ग्यास नपाइएपछि डिपोले कम्पनीमै जानू भन्ने गरेको, १० देखि १५ दिनदेखि पालोमा राख्ने गरेको घिमिरेले गुनासो गरे । नेपाल ग्यासको कार्यालयमै आउँदा समेत ग्यास नपाएको उनले बताए….