काठमाडौं— १६ वटा राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी कुल १७ जना उम्मेद्वार रहेको संखुवासभामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । चुनावी मैदानमा उत्रिएका सबै नयाँ अनुहार हुनु र राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो शक्तिको लहरले चुनावी रापतापलाई अझ बढाएको छ । विशेषगरी, नेपाली कांग्रेस र नेकपा (एमाले) को परम्परागत विरासतलाई चुनौती दिँदै (रास्वपा) ले जुन किसिमको लहर सिर्जना गरेको छ, त्यसले जिल्लाको चुनावी नतिजालाई निकै पेचिलो र अनुमानभन्दा बाहिर पु¥याएको छ । रास्वपाका उम्मेदवार मिङ्मा शेर्पा यतिबेला जिल्लाभर चर्चाको केन्द्रमा छन् भने विश्वकीर्तिमानी आरोही तथा सफल पर्यटन व्यवसायीका रूपमा पहिचान बनाएका शेर्पाले कांग्रेस र एमालेका उम्मेदवारहरूलाई कडा टक्कर दिइरहेका छन् । शेर्पाको सरल स्वभाव, समाजसेवी छवि र समृद्धिको ठोस खाकाले विशेषगरी उत्तरी भेगका मतदाता र जिल्लाका युवा पुस्तालाई निकै आकर्षित गरिरहेको छ । गत निर्वाचनको तथ्याङ्क हेर्ने हो भने कांग्रेसका दीपक खड्काले ३२ हजार १५८ मत ल्याएर विजयी हुँदा एमालेका राजेन्द्रप्रसाद गौतम ५ हजार ४३९ मतान्तरले पराजित भएका थिए । त्यतिबेला रास्वपाका उम्मेदवार भक्तनारायण श्रेष्ठले केवल १ हजार १३६ मत प्राप्त गरेका थिए । तर, यसपटकको परिस्थिति पूर्णतः बदलिएको छ । रास्वपाले आफ्नो संगठन विस्तार मात्र गरेको छैन, मिङ्मा शेर्पा जस्ता प्रभावशाली व्यक्तित्वलाई मैदानमा उतारेर कांग्रेस–एमालेका गढहरूमा नै हलचल पैदा गरिदिएको छ ।
देश


प्रतिक्रिया