अपराध

बारा ह–त्या काण्डको रहस्य खुल्यो, दुबईबाट प्रेमी आए, श्रीमतीबाट श्रीमान र सासूकै ह–त्या, प्रहरीले पत्ता लगायो (भिडियोसहित)


काठमार्डौ— यो दृश्य बुधबार बिहान करिब ३ बजेको समयमा बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा सिङ्गो परिवार नै सखाप पार्ने उद्देश्यले भएको आक्रमणपछिको हो । जहाँ एकै परिवारका आमा–छोराको निर्मम हत्यापछि अहिले गाउँ नै शोकमा छ । घटनापछि गाउँले त्रसित बनेका छन् ।
घटना भएको रात आठ जनाको परिवार सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरका अनुसार शवको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।