काठमाडौं— फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टीका नेता तथा उम्मेदवारहरूका उत्तेजक अभिव्यक्ति र आरोप–प्रत्यारोपले चुनावी माहोल बिथोलिने देखिएको छ । निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जालमा भइरहेको व्यापक प्रचार–प्रसार, दलका नेताहरूले दिने अभिव्यक्ति र सार्वजनिक वृत्तमा देखिएका गतिविधिले चुनाव शान्तिपूर्ण हुनेमै शङ्का पैदा भएको छ । जहाँ दलहरूले निर्वाचन आयोगको मापदण्ड विपरीत घरदैलो, अनौपचारिक ¥याली, तडकभडक र भीडभाडका क्रियाकलापहरू गरिरहेका छन् । जसमा निर्वाचन आयोगले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह, एमाले सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित १५ जनालाई निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण नै सोधेको छ ।
देश


प्रतिक्रिया