समाचार

भारतबाट नेपाल छिर्दै निपाह भाइरस, सीमामा गरियो कडाई, थाइल्यान्डमा उच्च सतर्कता, कसरी सर्छ ? (भिडियोसहित)


काठमाडौं— भारतको पश्चिम बंगाल राज्यमा घातक ‘निपाह भाइरस’ फैलिएपछि एसियाका विभिन्न देशहरूमा चिन्ता बढेको छ । यसको जोखिमलाई ध्यानमा राख्दै नेपालसहित केही देशहरूले विमानस्थलहरूमा स्वास्थ्य जाँच (स्क्रिनिङ) कडा पारेका छन् । थाइल्याण्डले पश्चिम बंगालबाट उडान हुने तीनवटा विमानस्थलमा यात्रुहरूको जाँच सुरु गरेको छ । नेपालले पनि काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग जोडिएका सीमा नाकाहरूमा निगरानी र जाँच सुरु गरेको छ । पश्चिम बंगालमा यसै महिनाको सुरुमा पाँच जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर छ । उनीहरूको सम्पर्कमा आएका करिब ११० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।