काठमाडौं— देश यतिबेला चुनावमय भएको छ । उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्र केन्द्रित हुनेदेखि पार्टीका शीर्ष नेताहरू देश दौडाहामा लागेका छन् । रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा मधेश हुँदै पूर्वी नेपालका जिल्लाहरु घुमेर काठमाडौँ फर्किए र फेरि चुनावी अभियानकै लागि सुदूरपश्चिम पुगेका छन् । अहिले सामाजिक सञ्जालदेखि जनजनमा बालेनकै चर्चा छ । सामाजिक सञ्जालका प्रत्येक प्लेटफर्ममा देखिने हरेक १० पोस्टमध्ये ९ वटा बालेन समर्थककै हुने गरेका छन् । बालेनको चुनावी अभियानदेखि उनले चढेको ८ करोडको गाडीसम्मले चर्चा पाइरहेको छ । बालेनका पछि समर्थकको ओइरो छ । उनी सर्वाधिक चर्चामा रहनुको मुख्य कारण झापा–५ को मनोनयन बन्न पुग्यो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिने आँट देखाएपछि बालेन चासोको केन्द्र बनेका हुन् । झापाबाट बालेन पूर्वी पहाडका जिल्लाहरूको यात्रामा निस्किए । इलाम, पाँचथर हुँदै ताप्लेजुङको पाथीभरासम्म पुगे । फर्किने क्रममा तेह्रथुम, धनकुटा हुँदै विराटनगरबाट काठमाडौं आए । झापा–५ मा बालेनले दिएको उम्मेदवारीको कम्पनले पूर्वी पहाडी जिल्लाहरू समेत यतिबेला ‘घण्टीमय’ बनिरहेका छन् । त्यति मात्र होइन, देशभर यसकै चर्चा भइरहेको छ । जसका कारण जनताले त रविको अनुपस्थितिलाई समेत बिस्तारै बिर्सिरहेका छन् ।
देश


प्रतिक्रिया