देश

प्रधानमन्त्री डिबेट ः ओलीले ललकारे, बालेनको बहिष्कार, संसदीय व्यवस्थामा बेतुकको बहस (भिडियोसहित)


काठमाडौं— उसै त चुनावी माहोल एजेण्डाभन्दा चटक र बदलाभावतर्फ केन्द्रित भएका बेला अर्को अध्याय थपिएको छ–प्रधानमन्त्री बहस । सांसद जित्नु कहिले, चुनाव जितेर संसदीय दलको नेता बन्नु कहिले । तर चुनाव नसकिँदै देशले भने भावी प्रधानमन्त्रीका भिजन सुन्न खोजिरहेको छ । सबैभन्दा पहिले त दलहरुले संसदीय व्यवस्थाकै धज्जी उडाउने गरी चुनावअगावै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरे । त्यसअनुसार एमालेले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसले सभापति गगन थापा, रास्वपाले वरिष्ठ नेता बालेन साह, राप्रपाले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको उम्मेदार घोषणा गरेका छन् । अहिले यिनै नेताहरुलाई एकै मञ्चमा राखेर बहस गराउनुपर्ने आवाज उठेको छ । त्यसका लागि पत्रकार टिकाराम यात्री, राजेन्द्र बानियाँ, निमेश बन्जाडे लगायत सहजकर्ता बन्न खोजेका छन् । जवाफमा सबैभन्दा पहिले ओलीले शनिबार बहसका लागि तयार रहेको बताए ।