काठमाडौं— बिहीबारदेखि नेपालका सामाजिक सञ्जालमा एउटा प्रश्न व्यापक बनेको छ— ‘डिफेन्डर’ गाडी चढ्ने बालेनको आर्थिक स्रोत के हो ? झापा–५ बाट चुनावी प्रतिस्पर्धामा होमिएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चढेको यो गाडीको मूल्य करिब ९ करोड रुपैयाँभन्दा बढी पर्ने बताइन्छ । जनकपुरको चुनावी सभादेखि झापाका गल्लीसम्म बालेन यही विलासी गाडीमा सयर गरिरहेका छन् । यसले प्रश्न उठाउँछ— के यो बालेनकै गाडी हो त ? तर, यातायात कार्यालयका अनुसार यो गाडी बालेनको नभई त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता छ । यो त्यही कम्पनी हो, जसले चर्चित ‘करेन्ट’ मसला उत्पादन गर्छ । यसका मुख्य लगानीकर्ता कमल मालपानी हुन् । उनको कम्पनीले करेन्ट चाउचाउ र भोला गुट्खाजस्ता वस्तु उत्पादन गर्दै आएको छ । उद्यमी मालपानीले आफैँले उक्त गाडी बालेनलाई चढ्न दिएको स्वीकारेका छन् । तर, कति समयका लागि र कुन सर्तमा गाडी दिइएको हो भन्नेबारे भने उनले स्पष्ट पारेका छैनन् । एउटा विद्रोही छवि बनाएका नेता र ठुलो व्यापारिक घरानाबीचको यो ‘गाडी–कनेक्सन’ले अहिले राजनीतिक वृत्तमा नयाँ बहस र कौतूहल पैदा गर्दा बालेनले लगाउने गरेको ज्याकेट समेत प्रश्नको घेरामा छ । उनले लगाएको ‘एडिडास’ कम्पनीको टेरेक्स ज्याकेटको नेपाली मूल्य करिब ३५ हजार रुपैयाँ पर्दछ ।
देश


प्रतिक्रिया