काठमाडौं— आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा ५ र सर्लाही ४ को चुनावी भिडन्त रोचक र घोचक मात्र नभएर दलबल देखाउने थलोसमेत बन्दा देशकै नजर यिनै क्षेत्रमा अडिएको छ । तीन–तीन जना भावी प्रधानमन्त्रीका दाबेदार रहेको यी क्षेत्र चुनावी संग्रामको केन्द्र बनेको छ । तर, केही यस्ता निर्वाचन क्षेत्रहरू पनि छन्, जहाँका उम्मेदवार र उनीहरूको भोट माग्ने शैलीकै कारण ती क्षेत्र र पात्रहरू चर्चाको शिखरमा रहने देखिन्छन् । जसको छनक उनीहरूले सुरुवाती चरणबाटै दिइसकेका छन् । यस्तै चर्चा र चटकमा देखिएका पात्रमध्ये पहिलो नम्बरमा छन्, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने । नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका प्रदेश सभापति लामिछानेले भोट माग्न सुरु गरिसकेका छन् । तर, उनको भोट माग्ने शैली भने केही फरक देखिएको छ । मतदाता रिझाउन उनी भाषणमा मात्र होइन, नातासम्बन्ध गाँस्दै शिष्टाचारमा बढी जोड दिइरहेका छन् । आशीर्वाद लिए झैँ बाटोमा हिँड्दाहिँड्दै मतदाताको गोडा ढोगेरसमेत उनले मत मागिरहेका छन् । अब देश बिगार्ने छुट नभएको भन्दै उनी साष्टाङ्ग दण्डवत् गर्न समेत पछि परेका छैनन् ।
देश


प्रतिक्रिया