काठमाडौं— नेपाली राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका, पटक–पटक संसद् छिरेका र विभिन्न विवाद तथा बदनामीका कारण चर्चामा रहेका नेताहरूको यात्रामा यसपटक ‘ब्रेक’ लागेको छ । यो रोक संसद् प्रवेशसम्म मात्र सीमित छैन, यसले उनीहरूको राजनीतिक भविष्यमा नै ठुलो धक्का दिएको छ । यसपटकको टिकट वितरण प्रक्रियामा सत्ताको केन्द्रमा बसेर निर्णय गर्ने हैसियत राख्ने नेताहरू नै किनारामा पारिएका छन् । नेपाली कांग्रेसमा यसअघि शीर्ष र ‘हेभिवेट’ नेताहरूले प्राथमिकताका साथ टिकट पाउँदै आएका थिए । तर, अहिले गगन थापा सभापति भएपछि निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, विजयकुमार गच्छदार, शशांक कोइराला, प्रकाशमान सिंह, रमेश लेखक, बालकृष्ण खाँण, मोहनबहादुर बस्नेत, दीपक खड्का, आरजु राणा र सुजाता कोइरालाजस्ता चर्चितहरू नै टिकटविहीन बनेका छन् । विशेष महाधिवेशनबाट उपसभापति बनेका विश्वप्रकाश शर्मा र पुष्पा भुसालसमेत स्वेच्छाले उम्मेदवार बनेनन्् । २०७९ मा झापा–३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका कृष्णप्रसाद सिटौलाले पनि यसपटक टिकट पाएनन् ।
देश


प्रतिक्रिया