समाचार

बंगलादेशको उथलपुथल, बाबुले देश बनाए, छोरी हसिनालाई मृ८त्यु८दण्ड, मोदीमाथि बुझाउन दबाब (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— बंगलादेशको राजधानी ढाकास्थित विशेष न्यायाधिकरणका लागि सोमबारको दिन राजनीतिक इतिहासकै एक विवादास्पद तर निर्णायक मोड बन्यो । अदालतले १५ वर्षसम्म बंगलादेशमा स्थिरता र विकासको नेतृत्व गरेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ । गत वर्ष जुलाई–अगस्टमा देशभर फैलिएको विद्यार्थी विद्रोह, जुन बंगलादेशको राजनीतिक इतिहासकै सबैभन्दा ठूलोमध्ये एक बन्यो, त्यसलाई नियन्त्रण गर्ने क्रममा भएको हिंसात्मक दमन नै यो फैसलाको आधार हो । उक्त आन्दोलन नियन्त्रण गर्न खोज्दा व्यापक हिंसा भड्किएको थियो, जसमा धेरैले ज्यान गुमाए भने हजारौँ घाइते भए । विशेष न्यायाधिकरणले उक्त दमनको निर्देशन सिधै हसिना र उनको सरकारबाट आएको ठहर गरेको छ । हाल भारतमा निर्वासन जीवन बिताइरहेकी हसिना सत्ताबाट हटेपछि रातारात सीमा पार गरेर भारत पुगेकी थिइन् । त्यसैले, उनको अनुपस्थितिमा नै मुद्दाको सम्पूर्ण कारबाही चलाइयो । न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले वाचन गरेको ४५३ पृष्ठ लामो फैसलालाई बंगलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो, जसले यो मुद्दाको संवेदनशीलता र जनचासोलाई स्पष्ट पारेको छ । अभियोजन पक्षले गत वर्षको आन्दोलनमा १ हजार ४ सय जनाको हत्या भएको र करिब २५ हजार जना घाइते भएको दाबी गरेको थियो । सरकार विरोधी आन्दोलनका क्रममा मानवता विरुद्धको अपराध गरेको आरोपमा हसिनाविरुद्ध मुद्दा चलाइएको थियो । न्यायाधिकरणले हसिनासहित अन्य दुई अभियुक्तलाई पनि दोषी ठहर गरेको छ ।

https://youtu.be/IrpqEinvA6Y?si=jrSlYZ_ljaKveZVU