काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत राख्न नदिइएपछि केहीबेर नोकझोक चलेको छ।
हिजोदेखि ललितपुरको गोदावरीमा सुरू भएको विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले नै थापालाई आफ्नो फरक मत प्रस्तुत गर्न रोकेपछि हलभित्रै नोकझोक भएको हो। एमालेको जारी विधान महाधिवेशनमा नेता कर्ण थापाको फरक मतलाई प्रश्तुत गर्नबाट रोक लगाइएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नदिएकोसहित आफ्नो फरक मत प्रश्तुत गर्न मञ्चतिर गएका नेता थापालाई अध्यक्ष ओलीले हलमा फरक मतको प्रश्ताव वितरण भइसकेकाले प्रश्तुत गर्न आवश्यक नभएको भनेपछि नेता थापा फरक मत पेश गर्न रोकिएका हुन् । पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नदिने पार्टीको निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, नेता थापाले फरक मत राख्दै आएका छन् ।
एमालेको जारी विधान महाधिवेशनमा प्रश्तुत प्रतिवेदनमाथि छलफल शुरु भएको छ । ललितपुरको गोदावरीमा जारी पार्टीका विधान महाधिवेशनको दोस्रो दिन आज अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रश्तुत गरेको विधान संशोधन प्रश्ताव र महासचिव शंकर पोखरेलले प्रश्तुत गर्नुभएको सांगठानिक प्रश्तावमाथि छलफल भइरहेको हो ।
१० वटा समूह बनाएर सो छलफल प्रारम्भ भएको पनि पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


प्रतिक्रिया