काठमाडौं— अमेरिका भ्रमणबाट फर्किएलगत्तै उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन प्रस्ताव अघि बढाउने तयारीमा रहेका सत्तारुढ दुई ठूला दलहरुले अहिले उक्त मुद्दालाई थाती राखेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले अमेरिका भ्रमणमा रहेकै बेला उपसभामुख राना मगरलाई हटाउनका लागि हस्ताक्षर अभियान सुरु गरेका थिए । उनी नेपाल नफर्किएसम्म पदबाट हटाउने प्रस्ताव अगाडि नबढाउने दुई पार्टीबीच सहमति भए पनि उपसभामुख रानामगर फर्किएर सदन सञ्चालन गरिसक्दा पनि यस विषयले सदनमा स्थान पाउन सकेको छैन । कांग्रेसभित्रको आन्तरिक राजनीतिका कारण उपसभामुख रानामगरलाई हटाउने मुद्दा तत्कालका लागि अड्किएको बुझिएको छ …..
Breaking


प्रतिक्रिया