काठमाडौं — चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको भेटवार्तामा नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न भारत र चीनबीच भएको सहमतिबारे आपत्ति जनाएका छन् । शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले सोही दिन भएको सीसँगको भेटवार्तामा भारतसँग पुनः व्यापारका लागि भएको सहमतिप्रति नेपालको तर्फबाट असन्तुष्टि जनाएका हुन् । दुई ठूला छिमेकी मिलेर दुई साताअघि गरेको व्यापार सम्झौतालाई ‘अतिक्रमणकारी’ भएको धारणा चिनियाँ राष्ट्रपतिसामु राखेको विषयले चर्चा पाइरहेको छ । यो विषयलाई प्रधानमन्त्रीको सचिवालय र चीनका लागि नेपाली राजदूतावासले निकै प्रमुखताका साथ प्रचार गरिरहेका छन् । तर, चीनको तर्फबाट भने यस विषयमा कुनै आधिकारिक विज्ञप्ति वा भनाइ आएको छैन । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग शनिबार गरेको भेटवार्तामालिपुलेकको विषय स्पष्टसँग राखेको र ऐतिहासिक दस्तावेजबारे अवगत गराएको बेइजिङस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत र परराष्ट्र सचिव अमृतबहादुर राईले सञ्चारमाध्यमलाई बताएका छन् ।
देश


प्रतिक्रिया