काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताहरूले बारामा भव्य स्वागत गरेका छन । शनिबार वीरगञ्ज जाने क्रममा सिमरा विमानस्थलमा अवतरण गरेकि पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको निर्देशनविपरित एमालेका कार्यकर्ताहरूले ५१ केजीको माला लगाइदिएर स्वागत गरेका छन । स्वागतमा कसैलाई नजान एमाले नेतृत्वले कडा निर्देशन दिए पनि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहसहितका नेता–कार्यकर्ताहरू विमानस्थल पुगेर भण्डारीलाई स्वागत गरेका हुन् ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्षद्वारा भण्डारीको स्वागतका लागि नजान नेता–कार्यकर्ताहरूलाई निर्देशन नै दिइएको थियो ।
तर, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टीको निर्देशन अवज्ञा गर्दै शनिबार बिहान पूर्वराष्ट्रपति भण्डारीको स्वागतका लागि सिमरा विमानस्थलमा जम्मा हुन आह्वान गरेका थिए ।


प्रतिक्रिया