समाचार

लुम्बिनीका मेयर सजरुद्दिन खानको मृत्यु


काठमाडौं— लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ । नगर प्रमुख खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका ३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले बताए ।

शुक्रबार मात्रै मलेशिया भ्रमणबाट घर फर्केका नगर प्रमुख बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने बाटोमै मृत्यु भएको हो ।

नगर प्रमुख खान नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।