काठमाडौँ । डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।
नवदुर्गा गाउँपालिका–५ को उकल्ली काणे भन्ने स्थानमा बिहीबार बिहान करिब ८ बजे चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जीप करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परेका अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। मृतक र घाइतेहरूको परिचय भने अहिलेसम्म खुलेको छैन।
दुर्घटनाग्रस्त जीपमा चालकसहित १० जना सवार थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया