काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको बुधबार साँझ मृत्यु भएको छ ।
लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । पासवानको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
रुबीको हत्या गरी फरार माधोपुर घर भएका पासवान बिहान आत्महत्याको प्रयास गरेको अवस्थामा माधोपुर गाउँमा फेला परेका हुन् । उनलाई तत्कालै स्थानीय अस्पताल पु¥याइएको थियो ।


प्रतिक्रिया