काठमाडौं— नेपाल शिक्षक महासंघले आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज सानेपास्थित कांग्रेस कार्यालयमा महासंघले धर्ना दिएको हो । उनीहरुले ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ । २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्बाट पारित भएका ९ बुँदा समेत अझै कार्यान्वयन नभएको महासंघले जनाएको छ । ९ बुँदा कार्यान्वयन गर्न पनि महासंघले माग गरेको छ ।
बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया