राजनीति

जनार्दनको काउन्टरले छटपटीमा प्रचण्ड, विप्लव फकाएर संकट टार्ने दाउ, पार्टी एकतामा चुनौती नै चुनौती (भिडियोसहित)


काठमाडौं— सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न उनको निवास पुगे । प्रचण्ड सधैँ देखिँदै आएको भन्दा फरक पहिरनमा थिए । सेतो कुर्ता–सुरुवाल, इस्टकोट र कालो भादगाउँले टोपी लगाएर दलबलसहित विप्लवको ललितपुरस्थित हरिसिद्धि निवासमा पुगे । नेकपाका नेता–कार्यकर्ताले प्रचण्डलाई बाटोदेखि नै पुष्पगुच्छा दिएर स्वागत गर्दा विप्लवले भने मूल ढोकामा बसेर आतिथ्य सत्कार गरेका थिए । विप्लवले अतिथि सत्कारमा कुनै कसर बाँकी राखेनन् । उनले प्रचण्डलाई आफ्नो कार्यकक्षमा लगेर आफू बस्ने सोफामा बसाए ।