काठमाडौं — ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेश भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले समितिबाट पारित प्रतिवेदन सदनमा पेश गरेकी हुन् । यसअघि बिहीबार विधेयकको प्रतिवेदनलाई समितिका बहुमत सदस्यले अनुमोदन गरेका थिए । तर, कांग्रेस र एमालेका सांसदहरूको बहुमत रहेको समितिको बैठकलाई प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने विधेयकप्रति असन्तुष्टि जनाउँदै बहिष्कार गरेका थिए । विधेयकले भूमिको व्यापारीकरण गर्ने औँल्याउँदै व्यापक छलफल आवश्यक रहेकाले प्रतिवेदन अध्ययन गर्न समय माग गरे पनि समिति बहुमतको बलमा अघि बढेको उनीहरुको आरोप छ । फलस्वरूप, माओवादी र रास्वपाले फरक मत दर्ज गराउँदा–गराउँदै पनि अंकगणितमा बलियो कांग्रेस–एमालेले प्रतिवेदन पारित गरेका हुन् ।
देश


प्रतिक्रिया