काठमाडौँ –यसपालीको मनसुन केही लम्बिनेभएको छ । केही वर्षदेखि पछाडि धकेलिँदै जाने क्रममा यो वर्ष असोज मध्यसम्म मौसम लम्बिने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
पछिल्लो समय मनसुनको सक्रियता बढ्रदै गएको कारण , दसैँअघिसम्म यही अवस्था कायम हुनसक्ने सम्भावना रहेको विभाको भनाई छ । औपचारिक रूपमै दस दिनपछाडिको मितिलाई मनसुन बहिर्गमनको मितिसमेत घोषणा भइसकेको छ । गत वर्षसम्म सेप्टेम्बर २३ मनसुन अन्त्य हुने मितिका रूपमा गणना हुँदै आएको थियो ।
यस वर्षदेखि अक्टुबर २ लाई अबको दस वर्षसम्मका मनसुनको अन्तिम मिति तय गरिएको छ ।


प्रतिक्रिया