राजनीति

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

योहो संवाददाता

काठमाडौँ – हिजोदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सोमबार सुरु भएको हो। आज दिउँसो ३ बजे बैठक बस्दै छ।

सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आजको बैठकले उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउने जनाइएको छ।

उनीहरुलाई २४ घन्टे स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको थियो ।