Breaking

बालेन र रेनुलाई टप्ने महाभारतका कान्छालाल, प्रतिवेदनले जे देखायो, हल्ला होइन तथ्यमा जाचौँ (भिडियो)


काठमाडौं—सबैभन्दा धेरै काम गर्ने पालिका र मेयर भन्दा के याद आउँछ ? पक्कै पनि काठमाडौं महानगरपालिका र मेयर बालेन शाह । तर, कहिल्यै कान्छालाल जिम्बाको नाम सुन्नुभएको छ ? सायद काभ्रेलीबाहेक धेरैका लागि यो नाम नयाँ हो ।

तर, कार्यसम्पादन र आर्थिक मितब्ययितामा बालेनभन्दा कान्छालाल धेरै अगाडी छन् । यस पालिकाको बेरुजु शून्य देखिएको छ । पालिकाले कुल एक अर्ब २७ करोड ९४ लाख कारोबार गर्दा शून्य बेरुजुसहित देशभरमै रेकर्ड कायम गरेको छ । अघिल्लो वर्ष पनि शून्य छ ।

यसलाई गाउँपालिकाको महत्वपूर्ण उपलब्धी मान्न सकिन्छ । तरपनि यो गाउँपालिकाका प्रमुख जिम्बा कुनै चर्चामा छैनन् । आफ्नै सूरमा कानुनसम्बत र इमान्दार काम गरिरहेका छन् ।