राजनीति

पार्टीको बैठक बालुवाटारमा नराख्न देउवालाई गगनको आग्रह


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको बैठक बालुवाटारमा नराख्न कांग्रेसका नेता गगन थापाले आग्रह गरेका छन् । थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै देउवालाई सरकारी निवासमा पार्टीको बैठक नराख्न अनुरोध गरेका हुन् ।

नेपाली कांग्रेस सरकारमा गए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक राखेका थिए । देउवाले बैठक बालुवाटारमै राख्न थालेपछि यसको चौतर्फी विरोध हुन थालेको छ।


थापाले भनेका छन् ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं। उहाँलेुपार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नु भन्ने विश्वास दिलाउनु भएको छ,’ । उनले देउवालाई विश्वासलाई कायम राखिदिनसमेत आग्रह गरेका छन्।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अधिकांश बैठक बालुवाटारमा राखेका थिए।

https://www.facebook.com/thapagk/posts/4287210641322815