देश

संसद भवन फिल्म हलजस्तो बनाइयो ः ऐन महर

योहो संवाददाता

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सिंहदरबारस्थित संसद भवन फिल्म हलजस्तो बनाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिनिधिसभाको गरिमा कायम राख्नुको साटो हलुका काम गर्न खोजेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

यो नयाँ संसदबाट नयाँ बजेट ल्याउने तयारी सरकारको छ । सभामुखबाट निरीक्षण पनि भएको छ । यो भवन मेहनत र ठूलो लगानी गरेर बनाइएको हो । यसको प्रयोग दीर्घकालीन सही ढंगले गर्नुपर्छ । हतारमा मात्रै प्रयोग गर्नुहुन्न,’ महरले भने, ‘निरीक्षणका क्रममा सभामुखले यो भएन त्यो भएन भन्नुभएको थियो । तर, प्रतिनिधिसिभाका फिल्म हलजस्तो बनाइएको छ । सभाहलभन्दा फिल्म हलको जस्तो कुर्सी राखिएको छ । टेबलहरू कक्षा कोठाका जस्ता छन् । प्रतिनिधिसभालाई गरिमामय हल जस्तो बनाइयोस् ।’

उनले प्रतिनिधिसभाको हललाई गरिमामय बनाउन आग्रह गरेका छन् ।