काठमाडौं— भनिन्छ नि– कमजोरहरू शब्दको सहारा लिन्छन्, शक्तिशालीहरू परिणामको । जसको कामले सिंहदरबारमात्र होइन सिंगो देश हल्लाइरहेको छ, उसले चोक–चोकमा उभिएर मैले यो गरेँ, त्यो गरेँ भन्दै चिच्याइरहनु पर्दैन ।
नेपालको राजनीतिलाई वर्षौँदेखि एउटा रोगले गाँजेको थियो— बोल्ने धेरै, गर्ने शून्य । तर वर्तमान प्रधानमन्त्री बालेन शाहले यो मानकलाई विस्थापित गरिदिएका छन् । सिंहदरबार प्रवेश गरेसँगै उनले भाषणका ठेलीहरू होइन, नतिजाका फाइलहरू पल्टाउन सुरु गरे । बालेनका सुरुवाती कदमहरू यति दमदार छन् कि त्यसले दशकौँदेखि जकडिएको बेथिति हल्लिएको छ । सेवा प्रवाहमा सुधार, ट्रेड युनियनदेखि विद्यार्थी संगठनसम्म खारेज, कर्मचारीको कार्यशैलीमा सुधारदेखि सुशासन कायमसम्म । उनले अघि सारेको योजनाहरुले परिणाम दिन थालिसकेका छन् । तर, बिडम्वना, कामको गति देखेर अत्तालिएका विपक्षीहरू अहिले एउटै एजेन्डामा झुण्डिएका छन्— प्रधानमन्त्री किन बोलेनन् ?
देश


प्रतिक्रिया