देश

खोला मिचेर महल, लालपुर्जाले रोकेन डोजर, आठ तलेका मालिक इन्द्र जंगिए, छिमेकीमा सुखीयाली (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— सरकारले अहिले सुकुम्बासीलाई व्यवस्थापन गर्ने भन्दै बस्तीमा डोजर चलाइरहेको छ । यस क्रममा अचम्मका दृश्य पनि देखिएका छन् । जहाँ सुकुम्बासीका नाममा ८–९ तलाका महल ठड्याएर मासिक लाखौँ भाडा उठाइरहेका ‘हुकुम्बासी’का महलमा पनि डोजर चलेको छ ।
आइतबार मात्रै अनामनगरस्थित धोबीखोला करिडोरमा रहेको एक सात तले अग्लो भवन भत्काइएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको भन्दै सरकारले उक्त संरचना भत्काएको हो । उक्त घरमा रेस्टुरेन्ट, बार र स्पालगायतका विभिन्न व्यवसाय सञ्चालनमा थिए । केही दिनदेखि यो घर सामाजिक सञ्जालमा समेत चर्चामा थियो । यो क्षेत्रमा रहेका सुकुम्बासीका अन्य घरहरू यसअघि नै भत्काइसकिएको छ । यद्यपि, आइतबार पूरा घर नभत्काई डोजर फर्काइयो । घर भत्काउन दुईवटा डोजर ल्याइएको भए पनि घरको अगाडिको भागमा मात्रै क्षति पु¥याएर डोजर फर्किएका हुन् । साततले घरको पाँच तल्लासम्म डोजरले ठुँगेको छ । बाँकी संरचना घरधनी आफैँले भत्काउनुपर्ने वा नपर्ने भन्नेबारे केही खुलाइएको छैन । घरको अगाडिको भागले सरकारी जग्गा छोएको भन्दै डोजर चलाइएको हो । घरधनी इन्द्र चाम्लिङले जग्गाको लालपुर्जा, घरको नक्सापास र अदालतले यसअघि दिएको आदेश घरको भित्तामै टाँसेका थिए…..