काठमाडौं— धोबीखोला किनारमा लामो समयदेखि बसोवास गर्दै आएका स्थानीयकाअनुसार यस क्षेत्रको भौगोलिक र मानव निर्मित संरचनाको अवस्था विगतमा फरक थियो । वि.सं. २०२९ सालको लालपुर्जा रहेका कतिपय नम्बरी जग्गाहरू खोलाले धार परिवर्तन गरेपछि विवादमा परेका थिए । विगत ४७ वर्षदेखि त्यहाँ बस्दै आएका क्षेत्र बहादुर….का अनुसार खोलाको बहाव परिवर्तन हुँदा व्यक्तिको जमिन खोलापारि पुगेको र कालान्तरमा सोही क्षेत्रमा अनधिकृत रूपमा कृषि तथा पशुपालनका संरचनाहरू थपिँदै गएका थिए । हाल डोजर चलाइएको क्षेत्रको भौगोलिक र कानूनी अवस्था विगतमा फरक थियो । वि.सं. २०२९ सालको लालपुर्जा रहेको उक्त जग्गा खोलाको बहाव परिवर्तन भएका कारण विवादमा परेको उनको भनाई छ ।
देश


प्रतिक्रिया