देश

सदन छल्दै बालेन, हर्क र गगनले घेर्ने डर, शीतलनिवास नै कोपभाजनमा, अध्यादेश आए के गर्छ ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— बालेन शाह प्रधानमन्त्री बनेपछि संसद्को पहिलो अधिवेशनमा उनको सम्बोधन हुनुुपर्ने थियो । तर, प्रधानमन्त्रीको सम्बोधनबिनै संसद्को पहिलो अधिवेशन सकियो । सम्बोधन नै नगरी अधिवेशन अन्त्य भएपछि प्रधानमन्त्री शाहको व्यापक आलोचना भयो । उनले किन संसद्मा बोल्न चाहेनन् भन्ने प्रश्नले अहिलेसम्म बालेनलाई लखेटिरहेको छ । चुनावभर जम्मा २९ मिनेट मात्र बोलेका अन्तर्मुखी स्वभावका उनले बोल्नैपर्ने ठाउँमा बोल्नुपथ्र्यो । तर, प्रधानमन्त्रीले सदनलाई नै ‘फेस’ नगर्नु इतिहासमै लज्जास्पद विषय हो । संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक वा प्रतिनिधिसभामा सम्बोधन गर्न सक्नेछन् । नियम ३६ बमोजिम राष्ट्रपतिले सम्बोधन गरेपछि बसेको बैठकमा प्रधानमन्त्रीले सम्बोधनको एक प्रति टेबल गर्नुपर्ने संसदीय नियमावलीमा व्यवस्था छ । तर बालेनले सम्बोधनको प्रति टेबल गरे, सम्बोधन गरेनन् ।