काठमाडौं— नयाँ सरकार बनेसँगै उत्तरको छिमेकी राष्ट्र चीनले नेपालसँगको कूटनीतिक सम्बन्धमा पनि नयाँ उचाई कायम गर्न सक्रियता देखाइरहेको छ । बढ्दो भूराजनीतिक महत्वलाई ख्याल गर्दै नेपाल मामिला हेर्नका लागि चीनको विदेश मन्त्रालयको एसियाली विभागका उपनिर्देशक रहेर काम गरिसकेका अनुभवी राजदूतलाई त्यसको जिम्मा दिएको छ । दुई महिना अघि मात्रै नेपाल झरेका राजदूत झाङ माओमिङले सिंहदरबारमा लगभग प्रत्येक मन्त्रीको कोठामा पुगेर नेपाल चीन सम्बन्ध बारे छलफल गरिरहेका छन् । प्रधानमन्त्रीसँगको संयुक्त भेटसँगै परराष्ट्र, अर्थ, गृह, पर्यटन, उर्जा र कानुनमन्त्रीलाई भेटिसकेका उनले राजधानीमा ‘द भ्वाइस अफ स्प्रिङ’ कार्यक्रमको आयोजना सम्पन्न गरिसकेका छन् । उक्त कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई नै बोलाएर चीनले आफ्नो एक हदसम्मको रणनीति स्पष्ट पारेको छ ।
देश


प्रतिक्रिया